गुल्मी यातायातले सबै यात्रुको अतिरिक्त बीमा गरिदिने

गुल्मी यातायातले सबै यात्रुको अतिरिक्त बीमा गरिदिने
सुन्नुहोस्

गुल्मी : गुल्मी यातयात प्रालिले २४औ स्थापना दिवस सामाजिक तथा सेवामुखी कार्यक्रमसहित मनाउँदै महत्वपूर्ण घोषणाहरू गरेको छ । अब कम्पनीका सवारीमा यात्रा गर्ने सबै यात्रुले यात्रा अवधिभर अतिरिक्त बीमा सुविधा पाउने भएका छन् ।

हालको ५ लाख रुपैयाँ बीमाबाहेक प्रतियात्रु न्यूनतम २ लाखदेखि ५ लाख रुपैयाँसम्म थप बीमा गरिने अध्यक्ष रुपकलाल श्रेष्ठले जानकारी दिए । चालक, सहचालक र कर्मचारीको बीमा भने यसअघि नै गरिसकिएको उनले बताए । स्थापना दिवसकै अवसरमा जिल्लाको सदरमुकाम तम्घासमा अबस्थित गुल्मी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

त्यस्तै, रिपोर्टिङका क्रममा सवारी प्रयोग गर्नुपर्ने पत्रकारहरूलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने घोषणा गरिएको छ । २०५२ सालमा जिप व्यवसायबाट सुरु भई २०५९ मा विधिवत् दर्ता भएको संस्थासँग हाल ४४० सवारीसाधन छन्, जसमध्ये ३१७ सञ्चालनमा रहेका छन् । तम्घास र रिडीमा आफ्नै भवन तथा जिल्लाभर ६८ टिकट काउन्टरमार्फत सेवा दिँदै आएको कम्पनीले आगामी दिनमा सेवा विस्तार र थप सवारी भित्र्याउने योजना सार्वजनिक गरेको छ ।

यात्रुको सुरक्षा र नागरिकमैत्री सेवामा केन्द्रित हुँदै गुल्मी यातायातले आफ्नो सामाजिक जिम्मेवारीलाई थप मजबुत बनाएको जनाएको छ । संस्थाले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर रहने संस्थाका महासचिव हिमाल कुँवरले जानकारी दिए । 

हाल बुटवल, काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा नियमित सेवा प्रदान गर्दै आएको कुँवरले बताए । संस्थासँग हाल ४४० वटा सवारीसाधन रहेकोमा ३१७ वटा सवारीसाधन सञ्चालन (रनिङ) अवस्थामा रहेको महासचिव कुँवरले बताए । संस्थाले आगामी दिनमा थप नयाँ सवारीसाधन भित्र्याउने, सेवा विस्तार गर्ने तथा यात्रुको सुविधालाई अझ प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.