ओलीको दावी : म सरकारबाट हट्ना साथ देश ड्राइभर बिनाको गाडी जस्तो हुन्छ

बालेनप्रति ओलीको कटाक्ष : बच्चालाई सोध्ने भने पनि प्रधानमन्त्री बन्छु भन्छ

ओलीको दावी : म सरकारबाट हट्ना साथ देश ड्राइभर बिनाको गाडी जस्तो हुन्छ
सुन्नुहोस्

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा आउने वित्तिकै देश कुद्ने दावी गरेका छन् । झापाको दकममा सोमबार कोशीको नेशनल भोलिन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि देश जहाँको त्यहि बस्ने र केहि नहुने बताउँदै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश ।’

कतिपयले आफूलाई किन उम्मेदवार बन्नु भएको ? भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको बताएका छन् । ‘कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नु भएको छ, यतिधेरै विकास गर्नु भएको छ, अब फेरि किन उम्मेदवार हुन प¥यो र ? काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो,’ ओलीले जिकिर गरे ।

आफूले सरकारको नेतृत्व गर्ना साथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीले बताए । ‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे । काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।’ 

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ बालेन्द्र शाहलाई लक्षित गर्दै बच्चाले जस्तै प्रधानमन्त्री बन्छु भनेको कटाक्ष गरेका छन् ।  अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न भिजन चाहिने बताएका छन् । प्रधानमन्त्रीका उम्मेदवारबारे चर्चा गर्दै ओलीले भने, ‘बच्चालाई के हुने भनेर सोध्यो भने प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ । केही मान्छेलाई यस्तै लाग्यो प्रधानमन्त्री बन्ने भनेका छन् ।’

आउँदो प्रतिनिधि सभाको चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । त्यस्तै रास्वपाले शाहलाई र नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । त्यसबारे चर्चा गर्दै ओलीले प्रधानमन्त्री बन्न बच्चाले भने जस्तो नहुने टिप्पणी गरेका हुन् । ‘हामी प्रधानमन्त्री हुन भिजनसहित आएका छौँ,’ ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.