मेक्सिकोमा सर्वाधिक खोजीका लागूऔषध तस्कर मारिएपछि फैलियो हिंसा

मेक्सिकोमा सर्वाधिक खोजीका लागूऔषध तस्कर मारिएपछि फैलियो हिंसा

मेक्सिको : मेक्सिकोमा देशका सबैभन्दा खोजिएका लागुऔषध तस्करको मृत्यु भएपछि हिंसा फैलिएको छ । नेमेसियो ओसेगेरा सेर्भान्तेस, जसलाई ‘एल मेन्चो’ भनेर चिनिन्थ्यो, Jalisco New Generation Cartel -CJNG_ का नेता थिए। आइतबार जालिस्को राज्यको तापाल्पा शहरमा उनलाई पक्राउ गर्न गरिएको सैन्य कारबाहीका क्रममा उनका समर्थक र सेनाबीच झडप हुँदा गम्भीर घाइते भएका उनी पछि मृत्यु भएको बताइएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त कारबाहीमा CJNG का चार सदस्य मारिएका छन् भने तीन जना सैनिक घाइते भएका छन्। एल मेन्चोको मृत्युको प्रतिशोधस्वरूप हिंसा कम्तीमा एक दर्जन राज्यहरूमा फैलिएको छ । CJNG ले विभिन्न स्थानमा सवारी साधन जलाएर सडक अवरुद्ध गरेको छ । जालिस्को तथा अन्य स्थानहरूमा बन्दुकधारीहरू सडकमा देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

ग्वाडालाहारा लगायतका सहरहरूमा धुवाँको मुस्लो उठिरहेको भिडियोहरू सार्वजनिक भएका छन् । ग्वाडालाहारा आगामी फिफा वर्ल्डकप आयोजक सहरमध्ये एक हो । जालिस्कोका गभर्नर पाब्लो लेमुस नाभारोले राज्यमा ‘कोड रेड’ घोषणा गर्दै सार्वजनिक यातायात स्थगित गरेका छन् भने सार्वजनिक कार्यक्रम र प्रत्यक्ष कक्षाहरू रद्द गरिएका छन् ।

रिसोर्ट सहर पुएर्तो भायार्टामा रहेका पर्यटकहरूले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उक्त स्थानलाई ‘युद्ध क्षेत्र’ जस्तै भएको बताएका छन् । अमेरिकी समाचार साझेदार सीबीएसका अनुसार अशान्तिका क्रममा देशभर करिब २५० सडक अवरोध गरिएका थिए, जसमध्ये ६५ जालिस्कोमा मात्र थिए । पछिल्लो अद्यावधिकमा मेक्सिकोको सुरक्षा क्याबिनेटले जालिस्कोमा चार अवरोध अझै सक्रिय रहेको जनाएको छ ।

क्याबिनेटका अनुसार २५ जना पक्राउ परेका छन् । ११ जनालाई हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा र अन्य १४ जनालाई लुटपाट तथा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । हिंसाका क्रममा पसलहरूमा आगजनी भएको छ भने करिब २० वटा बैंक शाखामाथि आक्रमण गरिएको बताइएको छ ।

मेक्सिकी राष्ट्रपति Claudia Sheinbaum ले राज्य र संघीय निकायबीच ‘पूर्ण समन्वय’ रहेको बताउँदै नागरिकहरूलाई ‘शान्त र सूचित’ रहन आग्रह गरेकी छन् । उनले देशका अधिकांश भागमा गतिविधि सामान्य रूपमा सञ्चालन भइरहेको पनि बताइन् । कयौं विमान कम्पनीहरूले जालिस्कोका लागि उडान रद्द गरेका छन्, जसमा एयर क्यानडा, युनाइटेड एयरलाइन्स र अमेरिका एयरलाइन्स समावेश छन् ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई जालिस्को, तामाउलिपास, मिचोआकानका केही क्षेत्र, गुएरेरो र नुएभो लियोनमा सुरक्षित स्थानमा बस्न चेतावनी दिएको छ । बेलायत सरकारले पनि जालिस्कोमा ‘गम्भीर सुरक्षा घटना’ भएको भन्दै त्यहाँ रहेका आगन्तुकहरूलाई अत्यधिक सतर्कता अपनाउन र स्थानीय निकायको सल्लाह पालना गर्न आग्रह गरेको छ ।

एल मेन्चोलाई पक्राउ गर्न गरिएको कारबाहीमा अमेरिकाले मेक्सिकोलाई गुप्तचर सूचना उपलब्ध गराएको थियो । अमेरिकी प्रेस सचिव क्यारोलिन लेभिटले एल मेन्चो अमेरिकामा फेन्टानिल तस्करी गर्ने प्रमुख अपराधीमध्ये एक रहेको बताएकी छन् । ५९ वर्षीय पूर्व प्रहरी अधिकारी एल मेन्चोले कोकेन, मेथाम्फेटामिन र फेन्टानिलको ठूलो परिमाण अमेरिकातर्फ तस्करी गर्ने विशाल आपराधिक सञ्जाल सञ्चालन गर्दै आएका थिए । युनाइटेड स्टेट डिपार्टमेन्ट या स्टेजले उनको पक्राउका लागि सूचना दिने व्यक्तिलाई १५ मिलियन डलर पुरस्कार घोषणा गरेको थियो ।
 

मेक्सिकोको रक्षा मन्त्रालयले उक्त कारबाही देशका विशेष बलद्वारा ‘योजना बनाई कार्यान्वयन’ गरिएको जनाएको छ । अमेरिकी लागुऔषध नियन्त्रण प्रशासनका पूर्व अन्तर्राष्ट्रिय सञ्चालन प्रमुख माइक भिजिलले यस कारबाहीलाई लागुऔषध तस्करीको इतिहासमा ‘सबैभन्दा महत्वपूर्ण कदमहरूमध्ये एक’ भनेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.