धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो
धादिङको बेनीघाट–रोराङ गाउँपालिका-५ भैंसीगौडामा बस दुर्घटनामा परेर मृत्यु भएका १९ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार १९ जना मृतकको पहिचान खुलिसकेको छ।
गएराति पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर करिब २००–३०० मिटर तल त्रिशूली किनारमा खसेको थियो। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्। मृतकमध्ये तीन जना विदेशी नागरिक रहेका छन्।
मृतकको विवरण :
२- विवेक बास्तोला, ४०, पुरुष, कास्की, पोखरा महानगरपालिका–३०
३ -चन्द्रबहादुर कुँवर, ६३, पुरुष, स्याङ्जा, वालिङ–१४, हाल काठमाडौँ, नागार्जुन–६
४- ओमकुमार मल्ल, ४०, पुरुष, तनहुँ, व्यास गाउँपालिका–४
५ - इन्जिनियर ठकुरी, ३०, पुरुष, धादिङ, साबिक स्यानकोट–८, हाल त्रिपुरा सुन्दरी गाउँपालिका–४
६ - विष्णुमाया ढकाल, ५५, महिला, तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७, मालेबगर
६ - लोपसाङ गोले, ४२, पुरुष, काठमाडौँ, बौद्ध–टुसाल
८ - हरिप्रसाद सिग्देल, ४५ वर्षीय पुरुष, तनहुँ, भिमाद नगरपालिका–६
९ - नवींद्र श्रेष्ठ, ५५, पुरुष, पाल्पा, तानसेन नगरपालिका–२
१० - रुद्र प्रसाद ढकाल, ६३, पुरुष, तनहुँ, शुक्लागण्डकी गाउँपालिका–७
११ - अर्चना पौडेल, २०, महिला, तनहुँ, शुक्लागण्डकी गाउँपालिका–२
१२ - अंजलि क्षेत्री , २१, महिला , कास्की, पोखरा–१४
१३ - रोहित नेपाली, २१, पुरुष, कास्की, माछापुच्छ्रे गाउँपालिका–३
१४ -धन्श्याम सुवेदी, ४५, पुरुष, पुतलिबजार नगरपालिका–६,
१५ - अिनशा महर्जन , ३३, महिला, काठमाडौँ, बुद्धनगर –३२
१६- हीरा चौधरी, २७, महिला, मोरङ, उर्लाबारी –१
१७- सुजित नेपाली, २६, पुरुष, कास्की, पोखरा–१९
१८ - मनीष शुक्ला, ३२, पुरुष, भारत, उ.प्र., बसहरी–बहराइच
१९ जियाङ चोनुम-, ४०, महिला, चीन
प्रतिक्रिया दिनुहोस !