अमेरिकामा इतिहासकै शक्तिशाली​​​​​​​ हिमपात, लाखौं मानिस प्रभावित

अमेरिकामा इतिहासकै शक्तिशाली​​​​​​​ हिमपात, लाखौं मानिस प्रभावित
सुन्नुहोस्

वासिङटन :अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको  शक्तिशाली हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। यसका साथै अमेरिकाभित्र र बाहिर हुने पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन । जसका कारण लाखौँ मानिस प्रभावित भएका छन्।

विशेष गरी आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यसले रोड आइल्याण्डको इतिहासकै सबैभन्दा ठूलो हिमपातको रेकर्ड बनाएको छ र सन् १९७८ को पुरानो रेकर्डलाई तोडेको छ। सबैभन्दा बढी हिमपात वार्विक, रोड आइल्याण्डमा ३६.२ इन्च (९२ सेमी) पुगेको छ।

null

भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहित पूर्वी तटीय राज्यका ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सकी गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा रोक लगाउन र सुरक्षित रहन सबैलाई अनुरोध गरेकी छिन्।

न्युयोर्कको ला गार्डिया विमानस्थलबाट हुने ९८ प्रतिशत र जेएफके विमानस्थलबाट हुने ९१ प्रतिशत उडान रद्द भएका छन्। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन रोक लगाइएको छ, यद्यपि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको छ।

उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। मौसमविद्हरूका अनुसार हिमपात मंगलबार बिहानसम्म जारी रहनेछ र केही तटीय क्षेत्रमा थप १ देखि २ फिट हिउँ जम्न सक्ने अनुमान छ।

null

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.