आजपाका केन्द्रीय सदस्यसहित अन्यदलका नेता–कार्यकर्ता एमालेमा प्रवेश

आजपाका केन्द्रीय सदस्यसहित अन्यदलका नेता–कार्यकर्ता एमालेमा प्रवेश
सुन्नुहोस्

रौतहट : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट–३ मा दल परिवर्तनको लहर बढ्दो छ। निर्वाचन आउन  मात्र ९ दिन बाँकी रहँदा आम जनता पार्टी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका दर्जनौँ नेता–कार्यकर्ताले दल त्यागेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।।

देवाही गोनाही नगरपालिका–कर्कच कर्मैया गाउँमा आयोजित कार्यक्रममा रौतहट–३ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य कुन्दन कुशवाहाको घरदैलो अभियानका क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्। एमाले प्रवेश गर्नेमा आम जनता पार्टीकी केन्द्रीय सदस्य सकीना खातुन प्रमुख, उनीसँगै सोही पार्टीकी अफरीदा खातुन, जरीना खातुन, हलीमा खातुन, नसिमा खातुन, सनबून खातुन, सवरा खातुन, खुजन खातुन, सेलुन खातुन, अमीरखा देवी र जालिम खातुन पनि एमालेमा प्रवेश गरेको उम्मेदवार कुशवाहा निकट दीपक दुबेले जानकारी दिए।null

त्यसैगरी धरहरी गाउँका एकीकृत समाजवादीका वडाप्रत्याशी युवा नेता दिपेन्दर यादव सहित दर्जनौँ सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन। कटहरिया–३ का नेपाली कांग्रेसका युवा नेता बच्चा लाल यादवसहित नेता–कार्यकर्ताको पनि एमाले प्रवेश भएको दुबेले बताए।  

निर्वाचनको अन्तिम चरणमा देखिएको यो दल परिवर्तनले रौतहट–३ को प्रतिस्पर्धालाई थप चर्काएको छ। स्थानीय तहमा प्रभाव राख्ने महिला नेतृत्व, युवा कार्यकर्ता र वडास्तरीय संरचना बोकेका व्यक्तिहरूको एकचोटि एमाले प्रवेशलाई दलभित्र संगठन सुदृढीकरणका रूपमा हेरिएको छ।
एकातिर अन्य दलभित्र आन्तरिक असन्तुष्टि र संगठनात्मक कमजोरी देखिँदा त्यसको प्रतिफल रूपमा एमालेतर्फ आकर्षण बढेको संकेत गरेको छ। अर्कातर्फ उम्मेदवार कुशवाहाले विकास, सुशासन र स्थिरताको एजेन्डा अघि सार्दै सो क्षेत्रमा आफ्नो र एमालेको बर्चश्व कायम राख्ने अभियाननै चलाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.