रौतहट- ४ मा कांग्रेस उम्मेदवार देवप्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै
रौतहट : आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। चुनाव नजिकिएसँग रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार देब प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । घरदैलो अभियानमा उनले पाएको माया र साथले उनी जनताको मनमनमा बस्न सफल नेता भएको स्थानीयहरू बताउँछन्।
काङ्रेसको केन्द्रीय सदस्य समेत रहेका उनको चुनावी र्याली,घरदैलोमा मतदाता स्वस्फूर्तरुपमा माया र स्नेहसहित मत दिन आतुर देखिएको काङ्रेस नेता रबिनचन्द्र कोइराला बताउँछ्न् । पार्टी छडेर उनको पक्षमा उभिनेहरूको संख्या वृद्धि हुँदै गएको चन्द्रपुर-१ पौराका वडाध्यक्षड बलराम राउत बताउँछन्।
तिमल्सिनालाई समर्थन गर्दै काङ्रेस रोजेका र चुनावी अभियानमा लागेका युवाहरू यो पटक पनि तिमल्सिना बिजयी हुने दावी गर्छन्। बृन्दवान नगरपालिकाको भुसाहलगायत सो पालिकाको अन्य स्थानमा समेत उनको पक्षमा जनलहर बढ्दै गएको नेपाली काङ्रेस रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादब बताँउछ्न् ।
दुई पटक निर्वाचित हुँदा पनि मन्त्री बन्न नपाए पनि उनले विकासका लागि अथक प्रयास गरेका छ्न् । शिक्षा,स्वस्थ,खानेपानी,कृषि क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको चन्द्रपुर नगर सभापति मुकेश गिरी बताउँछ्न् । सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरेपनि जनमत काङ्रेसकै पक्षमा रहेको मतदाताहरूको दावी छ।
रौतहट क्षेत्र नम्बर ४ मा नयाँ पुस्ता र पुराना पुस्ताबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छ्न् । नेपाली कांग्रेसका उम्मेदवार तिमल्सिनासहित,राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल,नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह,जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता पार्टीका ऋषि धमला चुनावी मैदानमा उत्रिएका छन्। तिमल्सिना,नेकपाका भट्टराई पुरानै निर्वाचित अनुहार हुन् ।
प्रतिनिधिसभा निर्वाचन २०७४ र ०७९ मा दुई पटक निर्वाचित कांग्रेस नेता तिमल्सिनाले पुनः उम्मेदवारी दिएर ‘ह्याट्रिक’ गर्ने लक्ष्यकासाथ चुनावी मैदानमा छन् भने अन्य उम्मेदवारले पनि टक्कर दिने आकलन अधिवक्ता बिपिन गौतमले बताए ।
कांग्रेस नेता तिमल्सिना जनसभा तथा भेटघाट कार्यक्रममा विगतका कार्यकालमा सुरु गरिएका पूर्वाधार विकासका योजना सडक, पुल तथा सिंचाइलगायत शिक्षा र स्वास्थ्यका अधुरा काम पूरा गर्ने प्रतिबद्धताका साथ निर्वाचनमा होमिएका छ्न् । आफू निर्वाचित भएपछि जनताकै हितमा काम गरेको र निरन्तर जनताकै दुःखसुखमा साथ दिएकाले पनि आसन्न निर्वाचनमा जनताले आफुलाई पुःन जिताउने दाबी तिमल्सिनाको छ ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेता तिमल्सिनाले २८ हजार दुई सय ८८ मतले एमालेका नेता डाक्टर बंशीधर मिश्रलाई पराजित गरेका थिए भने ०७९ मा नेता तिमल्सिनाले ३४ हजार एसक सय ६१ मत ल्याई एमालेका उम्मेद्वार उद्धव रेग्मीलाई सात हजार छ सय दुई मतले पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !