प्रकाशशरण महतले सार्वजनिक गरे प्रतिज्ञा पत्र

प्रकाशशरण महतले सार्वजनिक गरे प्रतिज्ञा पत्र
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले आर्थिक-सामाजिक रूपान्तरणको खाकासहितको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्।

मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्। उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरे। महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता राखेको धारणा राखे।

नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको भन्दै उनले नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारमा केन्द्रित हुने उल्लेख गरे। टोखा-छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु-रानीपौवा-पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे-समुन्द्रटार-गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले-चाउँथे-कुमरी-गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने उनको मुख्य योजनाहरूमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.