अमेरिकामा पिरामिडभन्दा पनि पुरानो प्राचीन खोज

अमेरिकामा पिरामिडभन्दा पनि पुरानो प्राचीन खोज
सुन्नुहोस्

अमेरिका : डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society  कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’

थोमसन र अर्की एक गोताखोर लेक मेन्डोटा (ताल) को गहिराइमा अन्वेषण गरिरहेका थिए । जब उनका साथीले हावाको सिलिन्डर सकिन लागेको संकेत दिइन्, त्यही बेला थोमसनले तल हेर्दा आफू एउटा डुबेको काठको डुंगामाथि रहेको देखिन् । रोजब्रफका अनुसार उनीहरूले सुरुमा त्यो डुंगा अत्यन्त भाग्यशाली भए ३०० वर्ष पुरानो होला भन्ने सोचेका थिए । तर परीक्षणपछि थाहा भयो–त्यो त १,२०० वर्ष पुरानो रहेछ । ‘सबै जना छक्क परे’, उनले भनिन् ।

तर आश्चर्य यतिमै सीमित रहेन । सन् २०२२ मा तालबाट निकालिएको अर्को डुंगा ३,००० वर्ष पुरानो पाइयो । त्यसपछि हालसम्म जम्मा १६ वटा प्रागैतिहासिक डुंगाहरू भेटिएका छन्, जसमा सबैभन्दा पुरानो ५,२०० वर्ष पुरानो र सबैभन्दा नयाँ ७०० वर्ष पुरानो रहेको रेडियोकार्बन परीक्षणले देखाएको छ । यसको अर्थ, पहिलो युरोपेलीहरू अमेरिकामा आइपुग्नुभन्दा ४,००० वर्षअघि र मिस्रमा पिरामिड बन्नुभन्दा ४०० वर्षअघि नै यहाँ आदिवासी समुदाय बसोबास गरिरहेका थिए ।

बिल क्वाकेनबश, जो हो–चङ्क राष्ट्रका आदिवासी ऐतिहासिक संरक्षण अधिकारी हुन्, पहिलो डुंगा बाहिर निकाल्दा उपस्थित थिए । उनका अनुसार यी डुंगाहरूले प्रारम्भिक आदिवासीहरूले यस भू–भागमा कसरी आवागमन गर्थे भन्ने बुझ्न मद्दत गरेको छ ।
हो–चङ्क राष्ट्रका पुर्खाहरूको भूमि मध्य विस्कन्सिन र उत्तरी इलिनोइससम्म फैलिएको थियो ।

पुरातत्वविद् र स्थानीय आदिवासी समुदायहरू अब विश्वास गर्छन् कि हो–चङ्क आउनुभन्दा धेरै अघिदेखि ताल वरिपरि बस्ती बसिसकेको थियो । यी बलिया काठका डुंगाहरू माछा मार्न र व्यापार गर्न प्रयोग हुन्थे, र सम्भवतः अन्य समुदायले प्रयोग गर्न छोडेर गएका थिए । रोजब्रफले ती डुंगाहरूलाई प्राचीन ‘ई–बाइक स्टेशन’ सँग तुलना गर्छिन् ।

१८औं शताब्दीको अन्त्यतिर श्वेत बसोबास सुरु भयो, र १८१२ को युद्धपछि अमेरिकाले सन्धि र जबरजस्ती हटाउने प्रक्रिया मार्फत १८२०–१८६० को बीचमा धेरै हो–चङ्कलाई विस्थापित गर्‍यो । आज हो–चङ्क समुदाय दुई क्षेत्रमा विभाजित छन् । एउटा समूहले नेब्रास्कामा आरक्षण पायो, जसलाई Winnebago Tribe of Nebraska भनिन्छ। अर्को समूह विस्कन्सिनमै बस्न पायो र उनीहरू हो–चङ्क नेशनकै नामले चिनिन्छन् ।

डुंगा निर्माणको सीप समयसँगै हराउँदै गएको थियो । तर यी पुराना डुंगाहरू फेला परेपछि समुदायले त्यो परम्परा पुनर्जीवित गर्न थालेका छन् । सन् २०२२ देखि प्रत्येक जुन महिनामा ‘Ho–Chunk Nation Dugout Canoe Journey’ नामक वार्षिक यात्रा सुरु गरिएको छ, जुन अब सर्वसाधारणका लागि पनि खुला छ ।

नेब्रास्काबाट आउने हो–चङ्क सदस्य सनसाइन थोमस–बेयर भन्छिन् कि यी यात्राले आफ्नो पुख्र्यौली भूमिसँग पुनः सम्बन्ध जोड्ने अवसर दिएको छ । ‘उनीहरूको अनुहारमा आफ्नै भूमिसँगको सम्बन्ध देख्न सकिन्छ’, उनले भनिन् । ‘मलाई लाग्छ, उनीहरू अन्ततः घर फर्किएका हुन् ।’ यी प्राचीन डुंगाहरू सन् २०२७ मा खुल्ने नयाँ विस्कन्सिन इतिहास केन्द्रमा सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ ।

ताल वरिपरिका क्षेत्रमा आज पनि करिब ४,००० ‘इफिजी माउन्ड’ (जनावर आकारका थुप्रा) बाँकी छन्, जसलाई धार्मिक, सामूहिक र समाधिस्थलका रूपमा प्रयोग गरिन्थ्यो । म्याडिसनमा मात्र करिब २०० यस्ता थुप्रा छन् । पर्यटकहरूले युनिभर्सिटी या विस्कोन्सिन–म्याडिसनद्वारा सञ्चालन गरिने प्रथम राष्ट्रका सांस्कृतिक भू–दृश्य पर्यटन (१ मार्च–३० नोभेम्बर) मा सहभागी हुन सक्छन्, जसले १२,००० वर्षभन्दा बढी मानव इतिहास प्रस्तुत गर्छ ।

विद्यार्थी मार्गदर्शक केन फनमेकर भन्छन्, ‘पहिले म म्याडिसनलाई पश्चिमी सहरका रूपमा हेर्थें, तर अहिले यसलाई हो–चङ्क भूमिको रूपमा पनि देख्छु, र यो इतिहास अरूसँग बाँडिरहेको छु ।’ स्व–निर्देशित भ्रमण चाहनेहरूका लागि विंग्रा ताल वरिपरि ट्रेल लूप छ, जहाँ इफिजी माउन्डहरू अवस्थित छन् । साथै, यूडब्ल्यू–म्याडिसनको ‘Mapping Teejop’ परियोजनाले पनि क्षेत्रको स्व–भ्रमण सुविधा दिन्छ ।Mapping TeejopMapping TeejopMapping TeejopMapping Teejop

यसरी, म्याडिसनको तालबाट निस्कँदै गरेका यी हजारौं वर्ष पुराना डुंगाहरूले अमेरिकाका आदिवासीहरूको इतिहास अझै पनि जीवित र पुनः खोजिँदै रहेको सन्देश दिन्छन् । ‘हामीसँग अझै पनि हाम्रो संस्कृतिका अंशहरू छन्’, क्वाकेनबश भन्छन्, ‘र हामी हराएका कुरा पुनः प्राप्त गर्न आतुर छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.