सिलिण्डर विष्फोटमा घाइते संजय उपचार गर्न जाँदा विमान दुर्घटनामा पत्नीसँगै बिते

सिलिण्डर विष्फोटमा घाइते संजय उपचार गर्न जाँदा विमान दुर्घटनामा पत्नीसँगै बिते

भारत : भारत झारखण्डको चतरा जिल्लास्थित कर्माटाण्ड जङ्गलमा सोमबार साँझ एउटा चार्टर्ड एयर एम्बुलेन्स विमान दुर्घटनाग्रस्त भयो। यस विमानमा सवार सातै जनाको मृत्यु भएको छ ।

वास्तवमा, बिरामी सञ्जय कुमारलाई थप राम्रो उपचारका लागि राँचीबाट दिल्ली लगिँदै थियो । यी सात मृतकहरूमा विमानका क्याप्टेन विवेक विकास भगत र क्याप्टेन सवराजदीप सिंहका साथै बिरामी सञ्जय कुमार, उनकी पत्नी अर्चना देवी, उनका भान्जा ध्रुव कुमार, एयर एम्बुलेन्सका डा. विकासकुमार गुप्ता र प्यारामेडिकल स्टाफ सचिन कुमार मिश्र थिए । यस दुर्घटनाको पुष्टि नागरिक उड्डयन महानिर्देशनालयले गरेको छ ।
के हो घटना ?

झारखण्डको लातेहार जिल्लाका निवासी ४१ वर्षीय सञ्जय कुमार १६ फेब्रुअरीको साँझ सतरबरवास्थित आफ्नो ढावामा थिए, त्यही बेला एलपीजी सिलिण्डर विष्फोट हुँदा उनी गम्भीर रूपमा जलेका थिए । परिवारका सदस्यहरूले उनलाई राँचीस्थित देवकमल अस्पतालमा भर्ना गरेका थिए ।

उनका भाइ सुजित कुमारले बीबीसी न्यूज हिन्दीलाई बताएका छन्, ‘छ दिन बितिसक्दा पनि दाजुको अवस्थामा सुधार भइरहेको थिएन । यसबीचमा १५ लाख रुपैयाँ खर्च भइसकेको थियो । त्यसैले हामी सबै भाइहरूले राम्रो उपचारका लागि उनलाई एयर एम्बुलेन्सबाट दिल्ली लैजाने निर्णय गर्‍यौं ।’

सुजित कुमार रुँदै भन्छन्, ‘तर उनको भाग्यमा जीवन लेखिएको रहेनछ, त्यसैले भगवानले एउटा दुर्घटनाको बहानामा दाजु, भाउजू र भान्जा ध्रुव कुमारलाई हामीबाट खोसेर लगे ।’ मृतकहरूमध्ये एक मात्र महिला ३२ वर्षीया अर्चना देवी सञ्जय कुमारकी पत्नी हुन् । यस दुर्घटनामा ज्यान गुमाएकी अर्चना देवी र सञ्जय कुमारका छोराहरूको जिम्मेवारी अब सञ्जयका भाइहरूको काँधमा आएको छ । सञ्जय कुमारसहित चारै जना भाइ संयुक्त परिवारमा बस्दथे । सञ्जयका जेठो छोरा यस वर्ष हाईस्कूलको परीक्षा दिँदैछन् भने कान्छो छोरा पाँचौं कक्षामा पढ्छन् ।

‘ठूलो इच्छाले छोरालाई पाइलट बनाएको थिएँ’
अर्कातर्फ, विमानका क्याप्टेन विवेक विकास भगतको घरमा पनि शोकको वातावरण छ । उनका बुबा देव सहाय भगत भन्छन्, ‘म अब के भनूँ, मेरो त संसार नै उजाडियो । धेरै इच्छाका साथ हामीले छोरा विवेकलाई पाइलट बनाएका थियौं ।’

सन् २०२२ को सेप्टेम्बर महिनामा विवेक विकास भगतले एयर एम्बुलेन्स पाइलटको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनको परिवारमा एक बहिनी, आमा र बुबा देव सहाय भगत छन् । देव सहाय चतराको ग्रामीण विभागमा इन्जिनियर हुन् । उनले भावुक हुँदै भने, ‘२१ फेब्रुअरीमा उनी मलाई भेटेर गएका थिए । २२ फेब्रुअरीमा कुराकानी भएको थियो । भगवानलाई के मञ्जुर थियो, २४ घण्टामै उनी सधैँका लागि टाढा गए ।’

यस विषयमा नागरिक उड्डयन महानिर्देशनालयले के भन्यो ?
नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको बयान अनुसार :

मितिः २३ फेब्रुअरी २०२६
विमान : रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडको बीचक्राफ्ट सी–९०
उडान : राँचीबाट साँझ ७ः११ बजे दिल्लीका लागि प्रस्थान ।

दुर्घटनाको कारणः खराब मौसमका कारण विमानले मार्ग परिवर्तनको अनुरोध गरेको थियो । साँझ ७ः३४ बजे वाराणसीबाट करिब १०० समुद्री माइल दक्षिण–पूर्वमा रडार सम्पर्क टुट्यो र विमान दुर्घटनाग्रस्त भयो । जिल्ला प्रशासनको खोज तथा उद्धार टोलीले कर्माटाण्डबाट सबै मृतकहरूको शव उद्धार गरेको छ ।

राज्यका स्वास्थ्य मन्त्रीको भनाइ
झारखण्डका स्वास्थ्य मन्त्री इरफान अन्सारीले मृतकका परिवारजनसँग भेटघाट गरेका छन् । उनले भने, ‘दुर्घटनामा ज्यान गुमाउने सबैका परिवारलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिइनेछ । यो अत्यन्तै गम्भीर विषय हो । चार्टर्ड विमानहरू पूर्ण रूपमा सुरक्षित छन् कि छैनन् ? यदि प्राविधिक कमजोरीहरू छन् भने त्यसको कडा छानबिन हुनुपर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.