कञ्चनपुरमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक
महेन्द्रनगर : कञ्चनपुरमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न नभए सम्मका लागि जिल्लाभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाएको हो।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री वितरण एवं सेवन निषेध गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !