कांग्रेस सभापति थापा र उपसभापति शर्मा आज तीन चुनावी सभामा सहभागी हुने
काठमाडौं : नेपाली कांग्रेसले आज तीनवटा स्थानमा विशेष चुनावी सभाको आयोजना गर्दैछ। उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने पार्टीले बताएको छ।
कांग्रेसले गर्ने रुपन्देहीको बुटवल, बागलुङ र कास्कीको चुनावी सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको हो। पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ। दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ।
त्यहाँ नेताहरूले सम्बोधन गर्नेछन्। ती चुनावी सभामा ठूलो संख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउने समेत कार्यक्रम रहेको छ। यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। सुर्खेतमा उपसभापति पुष्पा भुसाल गौतम रहेकी थिइन् भने उपसभापति शर्मा हिजो नवलपरासी पश्चिममा रहेका थिए।
प्रतिक्रिया दिनुहोस !