देश बिग्रेको जिम्मा लिन कुनै पार्टी तयार छैन्न्, दोषी सबै हुन्  ः गगन थापा

‘०७४ पछिको पुरै समय खेर गयो’

देश बिग्रेको जिम्मा लिन कुनै पार्टी तयार छैन्न्, दोषी सबै हुन्  ः गगन थापा
सुन्नुहोस्

बुटवल : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७४ सालदेखिको पछिल्लो आठ वर्षको समय यत्तिकै खेर गएको बताएका छन्। शुक्रवार नेपाली कांग्रेस रुपन्देहीले निर्वाचन क्षेत्र नम्वर–२ स्थित बुटवलमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्वोधन गर्दै थापाले विगतका चुनावमा गरिएका चुनावी गठवन्धनकै कारण देशले समय खेर फालेको उल्लेख गरे । 

‘०७४ सालदेखि यता सबै पार्टी सत्तामा गएका छन् । चुनावी गठवन्धन गर्ने र सत्तामा पुग्ने मात्र काम यो बीचमा भयो’, थापाले भने, ‘तर, कुनै पनि दलका नेताहरुले देश विग्रेको बारेमा जिम्मा लिदैनन् । यो दुःखद् कुरा हो ।’

null

थापाले नेपाली राजनीतिमा यसअघि भइरहेका चुनावी गठवन्धनका कारण नेपाली राजनीति दुषित बन्दै गएको समेत धारणा व्यक्त गरे । विशेष परिस्थितिबीच हुन लागेको यसपालिको निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्तालाई थापाले एक मिनेट पनि समय खेर नफाली चुनावी प्रचारमा होमिन आग्रह गरे । 

सभापति थापाले नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पछाडि फर्केर ठूला दललाई गाली मात्र गर्ने गरेको आरोप लगाए । ‘उ पनि सरकारमा गएको थियो, कति काम गर्‍यो ?’, थापाले भने, ‘अहिले प्रश्न गर्ने बेला आएको छ । प्रश्न सोध्नुस् ।’

null

गठवन्धनकै कारण दुषित बनेको नेपाली राजनीतिमा नेताहरु सरकार बनाउने, फाल्ने, प्रधानमन्त्री बनाउने र फाल्ने मात्र खेलमा लाग्दा देशले निकास पाउन नसकेको अनुभव सुनाए । थापाले नेपाली कांग्रेस पार्टी सुध्रिएर आएको बताउँदै अबको नयाँ जनादेशसहित देशको नेतृत्व गर्ने पहिलो पार्टी हुने समेत ठोकुवा गरे । थापाले अबको नेपाल कांग्रेसले सम्हाल्ने समेत उल्लेख गरे ।

‘जनताले खोजेको सुशसन र विकाससहितको एजेण्डा बोकेर कांग्रेस चुनावी मैदानमा छ’, थापाले भने, ‘अहिलेसम्म जति पनि विकास भएको छ, त्यो सवै विगतका छोटा छोटा समयमा बनेका सरकारका उपलव्ध हुन् ।’ सभापति थापाले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारलाई मत माग्ने कार्यक्रम रहेको जिल्ला सभापति रामकृष्ण खाँणले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.