जागिरको लोभमा सब–इन्जिनियरको गोली हानी हत्या

जागिरको लोभमा सब–इन्जिनियरको गोली हानी हत्या
सुन्नुहोस्

मलंगवा : सरकारी जागिर पाउने लोभमा बैकल्पिक उम्मेदवारले पूर्वाधार विकास कार्यालय सर्लाहीका सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या गरेको प्रहरीले जनाएका छन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रवार पत्रकार सम्मेलन गर्दै घटनालाई सार्वजनिक गरेका छन् । सर्लाही सदरमुकाम मलंगवा–१० स्थित भाडाको घरमा बस्दै आएका सिरहा जिल्ला सुखीपुर नगरपालिका–९ बैशाखाका ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादवको फागुन ३ गते साँझ ७ बजेर ५५ मिनेटमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

null

यादवको हत्या बैकल्पिक उम्मेदवार महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका–५ घर भई हाल सर्लाहीको बहरथवा नगरपालिका–९ शान्ति टोलमा भाडाको घरमा बस्दै आएका रामनगर गाउँपालिकाका करारमा प्राविधिक सहायक पदमा कार्यरत कर्मचारी ३४ वर्षीय गणेशकुमार महतोले गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताएका छन् ।

महतोलाई गत मंगलवार सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–८ बाट पक्राउ गरिएको हो । यादव प्रदेश लोकसेवा आयोग, मधेश प्रदेश, जनकपुरधामबाट २०८१ साल फागुन ४ गते सहायक पाँचौ तहको सब–इन्जिनियर पदमा सिफारिस भएका थिए भने महतो एक मात्र बैकल्पिक उम्मेदवार थिए । 

null

परीक्षणकालको एक दिन मात्रै बाँकी रहेको समयमा यादवको हत्या गरिएको हो । यादवको मृत्यु भएपछि आफू स्वतः उक्त पदमा जागिर पाउने लोभ महतोले यादवको हत्या गरेको प्रहरीले जनाएको छ । महतो पटक–पटक बैकल्पिक उम्मेदवार हुँदै आएका थिए । उमेर हदका कारण जागिर नहुने छाँटकाँट देखेपछि यादवको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले महतोसहित घटनामा संलग्न अन्य २ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महतोको सालो सर्लाहीका बसबरिया गाउँपालिका–२ का २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र  भाइ २२ वर्षीय विजयकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिंहलाई गत बुधवार सर्लाहीको बलरा नगरपालिका–४ बाट र विजयलाई बिहीवार महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । 

यादव र महतो दुबै जना एउटै क्षेत्रका प्राविधिक रहेकाले बेला बेलामा कुराकानी हुने गरेको थियो । तर, महतोले आफ्नो नाम राकेश यादव भएको बताउँदै आएका थिए । महतो र सिंह बिआर ०१ एफजेड १०८२ नम्बरको भारतीय मोटरसाइकलबाट मलंगवा आएको र यादवको डेरा नजिक पुगेर ह्वाटसअपबाट फोन गरेर बाहिर बोलाई हत्या गरेको प्रहरीले जनाएको छ ।

null​​​​​​​सिंहले महतोसँग हत्या गर्न मलंगवा आएको र विजय हतियार उपलब्ध गराएको प्रहरीले उपरीक्षक खड्काले बताएका छन् । गोली यादवको छातीको बाँया भागमा लागेको थियो । गोली लागेर गम्भिर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा भएको थियो । घटनामा प्रयोग भएको मोटरसाइकल प्रहरीले रौतहटको गढीमाई नगरपालिका–५ बलुवा स्थितबाट बरामद गरेको थियो ।

गोली प्रहार गरेर भागेका महतोले हतियार घटनास्थलबाट केही मिटर उत्तर मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिरको छेउमा फालेको थियो । घटनाको ४ दिनपछि उक्त हतियार एउटा बालकले फेला पारेको थियो । हतियार खेलाउने क्रममा पड्केर गोली बालकको हातको पञ्चामा लागेको थियो । घटनामा संलग्नलाई पक्राउ गरिए पनि अनुसन्धान जारी नै रहेको प्रहरी उपरीक्षक खड्काले जनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.