बालेन शाहको तस्वीर अंकित ‘मधेशीया छोरा सरररा’ लेखिएको टिर्सट जफत

बालेन शाहको तस्वीर अंकित ‘मधेशीया छोरा सरररा’ लेखिएको टिर्सट जफत
सुन्नुहोस्

हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) को तस्वीर अंकित फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दे विक्री वितरणका लागि राखिएका टिर्सट जिल्ला प्रशासन कार्यालय मकवानपुरले जफत गरेको छ ।  

null

शुक्रवार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीसहितको टोलीले अनुगमनको क्रममा हेटौडा बजार क्षेत्रमा विक्री वितरणका लागि राखिएको रास्वपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन शाहकोे तस्वीर अंकित टिसर्ट फेला पारी जफत गरेको हो । 

null

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै होली पर्वका नाममा उम्मेदवारको तस्वीर अंकित टिसर्ट विक्री वितरणको लागि राखिएको र उक्त कार्य निर्वाचन आचारसंहिताको विपरित भएको हुनाले जफत गरिएको सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उक्त टिर्सटहरु के गर्ने र विक्री वितरण गर्नेहरुलाई कस्तो कारवार्ही गर्ने भन्ने विषयमा आज निर्वाचन आचारसंहिता अनुगमन समितिको वैठक बसी निर्णय गरिने बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.