चुनावको मुखमै रास्वपा छाडेका पूर्णबहादुर बुढा के भन्छन् ?

चुनावको मुखमै रास्वपा छाडेका पूर्णबहादुर बुढा के भन्छन् ?
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बाजुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी परित्याग गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखैमा उनले नेकपा एमालेमा प्रवेश गरेका हुन्। बुढालाई एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र नरेश रोकायाले स्वागत गरेका छन्।

एमालेमा पुनः आबद्ध हुँदै बुढाले आफ्नो राजनीतिक यात्राको नयाँ मोड सुरू गरेको घोषणा गरेका छन्। स्थानीय तहदेखि जिल्ला तहसम्म पार्टी संगठनमा सक्रिय रहेका बुढा पछिल्लो दुई वर्षदेखि रास्वपामा आवद्ध भई जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनको एमाले प्रवेशले जिल्लाको राजनीतिक गतिविधिमा नयाँ तरंग ल्याएको छ। एमाले केन्द्रीय सदस्य थापाले बुढाको अनुभव र संगठनात्मक क्षमताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

बुढाले मुलुकको समग्र विकास,स्थायित्व र समृद्धिको यात्राका लागि एमाले उपयुक्त विकल्प भएको उल्लेख गर्दै पार्टीमा फर्किएको बताए। रास्वपामा देश परिवर्तनका लागि स्पष्ट नीति–विधि नदेखिएकाले आफू पुनः एमालेमै फर्किएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.