कूटनीतिक पहलमार्फत मध्यपूर्वी क्षेत्रको द्वन्द्व समाधान गर्न नेपाल सरकारको अपील
काठमाडौं : नेपाल सरकारले इरानलगायत मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर सो क्षेत्रको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ।
नेपाल सरकारले सबै सम्बन्धित पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव थप नबढाउन तथा सर्वसाधारण नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। सरकारले मतभेद र विवादलाई कूटनीतिक पहल र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्ने स्पष्ट पारिएको छ। त्यस्तै नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई सुदृढ राख्दै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने साझा दायित्व पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !