धादिङमा कार दुर्घटना हुँदा युवकको मृत्यु
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–१४ सानुपधेरामा सोमबार राति भएको कार दुर्घटनामा युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय तारा लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बा ३ च ४५५२ नम्बरको कार आफैंले चलाइरहेका बेला अचानक अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय बासिन्दाका अनुसार राति अचानक ठूलो आवाज सुनेपछि आसपासका मानिसहरू घटनास्थल पुगेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका लामिछानेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !