विष्फोटक पदार्थ बोकेर हिँडेपछि चौधरीसहित ४ जना पक्राउ
नेपाली कम्युनिस्ट पार्टीका पर्सा-२ का उम्मेदवार मनोज चौधरी पक्राउ
पर्सा : नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सागढी नगरपालिका-२ मा नियमित चेकजाँचका क्रममा चौधरी सवार गाडी रोकेर हेर्दा बम जस्तो देखिने पदार्थ भेटिएपछि उनीसहित ४ जनालाई पक्राउ गरिएको एसपी सुदीप राज पाठकले जानकारी दिए।
उनका अनुसार विष्फोटक पदार्थसहितको बम डिस्पोज गरिसकिएको छ। चौधरीसहित गाडीमा सवार ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पाठकले बताए।
निर्वाचनको मौन अवधिमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले गस्ती अगाडि बढाएकोछ । थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !