नेकपा उम्मेदवार चौधरी सवार गाडीमा होक्सी बम र विस्फोटक पदार्थ

नेकपा उम्मेदवार चौधरी सवार गाडीमा होक्सी बम र विस्फोटक पदार्थ
सुन्नुहोस्

वीरगन्ज : नेपाली कम्युनिष्ट पार्टीका पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ बमसहित पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका-२ बढनिहारबाट मंगलबार राति १० बजे चौधरीसहित ४ जनालाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताए । बुधबार बिहान जिल्ल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक पाठकले उम्मेदवार चौधरी सवार बा १०च १२५० नम्बरको कारमा होक्सी बम भेटिएको बताए । 


प्रहरी उपरीक्षक पाठकले भने,चौधरीको गाडीबाट बरामद बम आज बिहान नेपाली सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ। चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाइ समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । 

यद्यपी, अनुसन्धान चलिरहेकोले उनीहरुको अरु विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ । उम्मेदवार चौधरी सवार बा १० च  १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ । चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

यता नेकपाका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरीले निर्वाचन बिथोल्ने नियतले उम्मेदवार चौधरीलाई षडयन्त्र गरेर फसाइएको बताए ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.