अमेरिकाद्वारा दुई महिनामै चीनमैत्री एक नेताको हत्या र अर्का हिरासतमा, किन बोल्दैन बेइजिङ ?

‘चीन मौसमी साथी जस्तै हो, बोलिमा लामो, जोखिममा छोटो’

अमेरिकाद्वारा दुई महिनामै चीनमैत्री एक नेताको हत्या र अर्का हिरासतमा, किन बोल्दैन बेइजिङ ?
सुन्नुहोस्

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाको अन्तरालमै बेइजिङ नजिकका दुई सहयोगीलाई हटाएका छन्न् । पहिला नेता भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अहिले काराकासबाट अमेरिकी विशेष बलले रातारात गरेको असाधारण कारबाहीमा समातेर न्यूयोर्कको एक हिरासतमा राखिएका छन् । दोस्रो नेता तेहरानको केन्द्र भागमा दिनदहाडै गरिएको संयुक्त अमेरिकी-इजरायली हवाई आक्रमणमा मारिएका छन् ।

यसको प्रतिक्रियामा चीनले आक्रोश व्यक्त गरेको छ-एक सार्वभौम नेताको पक्राउ वा हत्या र अमेरिकाको शासन परिवर्तनको प्रयासको निन्दा गर्दै, इरानसँग आफ्नो मित्रता दोहोर्‍याएको छ । तर, बेइजिङले आफ्नो भूराजनीतिक प्रतिष्पर्धीले खेलका नियमहरू परिवर्तन गरिरहँदा धेरैजसो हेरेरै बसेको छ । चिनियाँ नेता सी जिनपिङका लागि, यहाँ कडा यथार्थवाद काम गरिरहेको छ ।

इरान चीनका प्रमुख प्राथमिकता भन्दा तल पर्छ–जसमध्ये अमेरिकासँगको सम्बन्धको स्थिरता सबैभन्दा महत्वपूर्ण छ, विशेष गरी यस महिनाको अन्त्यतिर बेइजिङमा हुने ट्रम्पसँगको शिखर वार्तालाई ध्यानमा राख्दा । विज्ञहरूका अनुसार, चीनले वासिङ्टनको ध्यान र सैन्य स्रोतहरू हिन्द–प्रशान्त क्षेत्रबाट टाढा मोडिएको पनि स्वागत गर्न सक्छ ।

वासिङ्टनस्थित फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका चीनसम्बन्धी वरिष्ठ निर्देशक क्रेग सिंगलटनले भने, ‘चीन मौसमी साथी जस्तै हो-बोलिमा लामो, जोखिममा छोटो । बेइजिङले संयुक्त राष्ट्रसंघमा आवाज उठाउनेछ तर तेहरानलाई महत्वपूर्ण सहयोग दिनबाट टाढै रहनेछ ।’

यद्यपि चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, इरानको रणनीतिक महत्व चीनका लागि धेरैले सोचेभन्दा सीमित छ । दुवैबीच सैन्य सहकार्य सीमित नै रहेको छ, र व्यापार तथा लगानीका प्रवाहहरू चीनले मध्यपूर्वमा सन्तुलित सम्बन्ध कायम गर्न खोज्दा केही खाडी राष्ट्रहरूसँग भएका सम्बन्धभन्दा कम छन् ।
 

बेल्जियमस्थित इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक विलियम याङका अनुसार, ‘चीनले इरानका कारण अमेरिकासँग तनाव बढाउन कुनै फाइदा देख्दैन ।’ उनले थपे, ‘चीनले अझै पनि व्यापारिक सम्झौता र अमेरिकासँगको समग्र सम्बन्धको स्थिरतालाई प्राथमिकता दिन्छ, त्यसैले पछिल्लो वर्ष ट्रम्प प्रशासनसँग निर्माण गरेको सकारात्मक गतिलाई बिगार्न चाहँदैन ।’

बेइजिङको गणना
चीन लामो समयदेखि इरानको प्रमुख कूटनीतिक र आर्थिक सहयोगी रहँदै आएको छ । इरानको अधिकांश तेल निर्यात किन्ने बाहेक, बेइजिङले अमेरिकाले लगाएका ‘एकपक्षीय’ प्रतिबन्धहरूको आलोचना गर्दै आएको छ र इरानको आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबीलाई समर्थन गरेको छ ।

हालका वर्षहरूमा चीनले इरानलाई ब्रिक्स र शाङ्घाई सहयोग संगठन जस्ता बेइजिङ–समर्थित समूहमा समावेश गरेर उसको अन्तर्राष्ट्रिय हैसियत बढाएको छ, जसले पश्चिमी अलगावबीच तेहरानलाई कूटनीतिक ठाउँ दिएको छ । तर, चीनले आफ्ना साझेदारहरूको द्वन्द्वमा प्रत्यक्ष संलग्न हुनबाट सधैं टाढै बसेको छ र मध्यपूर्वको सुरक्षा मामिलामा आफ्नै सम्पत्तिको सुरक्षा बाहेक सक्रिय भूमिका लिन चाहेको देखिँदैन ।

गत वर्ष इरान–इजरायल द्वन्द्व र त्यसपछिका अमेरिकी हवाई आक्रमणका बेला पनि चीनले प्रायः भाषणात्मक समर्थन मात्र दिएको थियो। विश्लेषकहरूका अनुसार, इरान चीनका लागि दीर्घकालीन रूपमा महत्वपूर्ण साझेदार भए पनि, अस्तित्वगत वा अत्यावश्यक साझेदार भने होइन । त्यसैले बेइजिङले सीमित जोखिम मात्र लिने रणनीति अपनाएको छ ।

अल्पकालीन असर
यद्यपि, ऊर्जा क्षेत्रमा चीनलाई छोटो अवधिमा असर पर्न सक्छ । इरानको प्रायः सबै कच्चा तेल निर्यात चीनमै पुग्छ, जुन चीनको समुद्री मार्गबाट हुने कुल कच्चा तेल आयातको करिब १३ प्रतिशत हो । यद्यपि चीनले वर्षौंदेखि आपूर्ति विविधीकरण गर्दै आएको छ, जसले तत्कालको झट्का व्यवस्थापन गर्न सहयोग पुर्‍याउन सक्छ ।

तर, स्ट्रेट अफ हर्मुज जस्तो महत्वपूर्ण समुद्री मार्गमा ठूला अवरोध आएमा चीनका लागि समस्या बढ्न सक्छ, किनकि खाडी क्षेत्रबाट आउने ठूलो परिमाणको तेल यही मार्गबाट आउँछ । चीनसँग करिब १.२ अर्ब ब्यारेल बराबरको स्थल–आधारित कच्चा तेल भण्डार रहेको बताइन्छ, जुन करिब ११५ दिनको समुद्री आयात बराबर हो ।

अमेरिकाको विकल्पको रूपमा चीन
चीनले इरानमा अमेरिकी सैन्य हस्तक्षेपलाई आफ्नो सन्देश बलियो बनाउन प्रयोग गर्न सक्छ-विशेष गरी ग्लोबल साउथका देशहरूमाझ-कि वासिङ्टन प्रभुत्ववादी शक्ति हो, जबकि बेइजिङ गैर–हस्तक्षेपको पक्षमा उभिएको छ । केही चिनियाँ विश्लेषकहरूका अनुसार, साझेदारहरूलाई सुरक्षा ग्यारेन्टी नदिनु बेइजिङको सोचे–सम्झेको रणनीति हो, जसले उसलाई लचिलो बनाउँछ र अत्यधिक रणनीतिक बोझबाट जोगाउँछ ।

तर, यसले संकट हिंसात्मक बन्दा चीनको प्रभाव सीमित हुन सक्ने चेतावनी पनि दिइएको छ । साथै, चीनको निष्क्रियताले ट्रम्पका जोखिमपूर्ण कदमहरूलाई थप हौसला दिन सक्ने आशंका व्यक्त गरिएको छ । सीएनएनबाट
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.