यसरी बन्दैछ मतदान केन्द्रहरू (फोटो फिचर)
काठमाडौं : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ। निर्वाचनका लागि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाँग्नेलगायतका कामहरू भएका छन्।
बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्। मतदानका लागि महिला र पुरुषको छुट्टाछुटै लाइनको व्यवस्था गरिएको छ भने असक्त, अपांगता, ज्येष्ठ नागरिकलगायतका मतदातालाई सिधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन्। यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र कायम गरेको छ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ ३४०५ र समानुपातिक तर्फ ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस !