पैसा बाँड्दै गरेको अवस्थामा एकजना पक्राउ
बैतडी : बैतडीमा एकजना नगदसहित पक्राउ परेका छन्। दोगडाकेदार गाउँपालिका वडा न ३ मा सोही ठाउँका भानदेव भट्ट ७९ हजार ५ सय नगदसहित पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा भट्टलाई एक होटलबाट पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक सुरज सिंहले बताए।
निर्वाचनका पर्चा र नगदसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सिंहले बताए। ‘उनलाई पैसा बाँड्दै गरेको सूचना पाएपछि निर्वाचन सामाग्री र पैसासहित पक्राउ गरेका हौं, उनलाई सोधपुछ गर्दा आफू कांग्रेसको कार्यकर्ता बताउँछन्,’ प्रहरी निरीक्षक सिंहले भने।
प्रतिक्रिया दिनुहोस !