मकवानपुरमा मतदान जारी, दुई पदका लागि ४४ जना प्रतिस्पर्धामा
हेटौंडा : मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतदान जारी भएको छ। बिहीबार प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचन अन्तर्गत बिहान ७ बजेबाट जिल्लाका दशवटै स्थानीय तहमा मतदान सुरू भएको हो ।
मकवानपुरमा रहेको २ वटा निर्वाचन क्षेत्रमा ४४ जनाले निर्वाचन प्रक्रियामा सहभागीता जनाएका छन् । जसमध्ये मकवानपुर क्षेत्र १ मा २३ जना र २ नम्बर क्षेत्रमा २१ जना गरी कूल ४४ जना निर्वाचन प्रक्रियामा सामेल रहेका छन् ।
मकवानपुरमा कूल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन । तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । कूल मतदातामध्ये महिला १ लाख ५३ हजार ३ सय ७६, पुरुष १ लाख ६१ हजार ९ सय ५३ र अन्य ५ जना रहेका छन् ।
मतदानको समय बिहान ७ बजेबाट ५ बजे सम्मलाई तोकिएको छ। यस्तै मतगणना हेटौंडा उपमहानगरपालिका –४ मा रहेको भुटनदेवी मा.वि. गरिने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !