मकवानपुरमा दश बजेसम्म २० प्रतिशत खस्यो
हेटौंडा : प्रतिनिधिसभा सदस्यको लागि जारी निर्वाचनमा मकवानपुरमा हालसम्म २० प्रतिशत मत खसेको छ। बिहीबार प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचन अन्तर्गत बिहान ७ बजेबाट जिल्लाका दश वटै स्थानीय तहमा मतदान जारी छ ।
मतदानको क्रममा बिहान ७ बजे देखि १० बजेसम्मको समयमा २० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका हरि ढकालले बताए । मकवानपुरमा रहेको २ वटा निर्वाचन क्षेत्रमा ४४ जनाले निर्वाचन प्रक्रियामा सहभागीता जनाएका छन् । जसमध्ये मकवानपुर क्षेत्र १ मा २३ जना र २ नम्बर क्षेत्रमा २१ जना गरि कुल ४४ जना निर्वाचन प्रक्रियामा सामेल रहेका छन् ।
मकवानपुरमा कूल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन् । तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । कूल मतदातामध्ये महिला १ लाख ५३ हजार ३ सय ७६, पुरुष १ लाख ६१ हजार ९ सय ५३ र अन्य ५ जना रहेका छन् ।
मतदानको समय बिहान ७ बजेबाट ५ बजे सम्मलाई तोकिएको छ । यस्तै मतगणना हेटौंडा उपमहानगरपालिका – ४ मा रहेको भुटनदेवी मावि गरिने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !