मतदानपछि बिजुक्छेंंले भने - परिवर्तन रातारात हुँदैन

मतदानपछि बिजुक्छेंंले भने - परिवर्तन रातारात हुँदैन
सुन्नुहोस्

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें रोहितले परिवर्तन रातारात नहुने बताएका छन् । 

निर्वाचन क्षेत्र नम्बर १ को भक्तपुर-५ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रमा आफ्नो मतदान पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, 'विद्यालय तह पास गर्न त १० वर्ष लाग्छ, समाज परिवर्तनको लागि पनि समय लाग्छ।'

अध्यक्ष बिजुक्छेंले बिगतमा बहुदल र निर्दलको जनमत संग्रहमा जस्तो रेडिमेट परिणाम स्वीकार्य नहुने समेत बताए। २४ घण्टामा मत परिणाम घोषणा गर्ने भन्दैमा जे मन लाग्यो त्यही गर्न नहुने र परिणाम पारदर्शी हुनुपर्ने उनको भनाइ छ । 'क्षेत्र हेरेर उपयुक्त परिणाम आएन भने शंका गर्ने ठाउँ धेरै हुन्छ ।'उनले भने ।

भक्तपुर- १ नेमकिपाको आधार क्षेत्र मानिन्छ । यहाँबाट २०४८ देखि लगातार ५ पटक अध्यक्ष बिजुक्छें निर्वाचित भएका थिए । त्यसयता पनि लगातार दुई पटक पार्टी सचिव प्रेम सुवाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । 

अघिल्लो पटक ३० हजार बढी मतान्तर निर्वाचित सुवाल नै तेस्रो पटक नेमकिपाको उम्मेदवार रहेका छन् । संसदीय राजनीतिमा बिश्वास नगर्ने र क्रान्तिकारी संसदवादको वकालत गर्ने नेमकिपाले देशैभर १ सय २० निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । निर्वाचित भए पनि सरकार नबनाउने र सरकारमा सामेल नहुने नेमकिपाको स्पष्ट नीति रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.