गोरखा कारागारका कैदीबन्दीको मतदान सकियो
गोरखा : गोरखा कारागारका कैदीबन्दीहरूको मतदान सकिएको छ। गोरखा कारागार अस्थायी मतदानकेन्द्रमा मतदान गर्ने २७ जना मतदाताको मतदान समाप्त भएको जेलर वसन्त खत्रीले जानकारी दिए ।
बिहान सातबजेबाट सुरू भएको कैदीबन्दीको मतदान साँढे १० बजे सकिएको उनले बताए । तर, नियम अनुसार पाँच बजेसम्म पर्खनु पर्ने उनले बताए ।
१०६ जना कैदीबन्दी रहेको यहाँ निर्वाचन आयोगबाट २७ जनाको मात्र मतदाता प्रमाणित भइ आएको थियो । उनीहरूले समानुपातिकमा मात्र मतदान गर्ने व्यवस्था छ । २ जना कर्मचारी पनि समानुपातिकमा मतदान गरेका छन्।
प्रतिक्रिया दिनुहोस !