रोल्पामा २९.५ प्रतिशत खस्यो मत
रोल्पा : रोल्पामा प्रतिनिधि सभा निर्वाचनका लागि १ बजेसम्म ३९.५ प्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालका अनुसार दिउँसो १ बजेसम्ममा झण्दै ३० प्रतिशत मत खसेको हो ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । जिल्लाका ८६ मतदानस्थल र दुई स्थायीसहित १८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको जनाइएको छ । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा १० राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेको सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जनाए । पुरुष मतदाता ७४ हजार ६ सय ९० र महिला मतदाता ७४ हजार ९ सय ७ छन् । अधिकांश पुरुष मतदाता वैदेशिक रोजगारीमा रहेकाले महिलाकै मत बढी खस्ने अनुमान गरिएको छ । प्रायः मतदानस्थलमा महिलाको सहभागिता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !