हरि रोक्काले गरे खोटाङबाट मतदान
सुनसरी : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङबाट उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार तथा राजनितीक विश्लेषक र अर्थविद् हरि रोक्काले मतदान गरेका छन्।
उनले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालय, डाँडागाउँ मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
निर्धारित समयमै मतदान केन्द्र पुगेका रोक्काले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्। उनले गणतन्त्रको सुदृढीकरणका लागि नागरिकको मत अत्यन्त महत्वपूर्ण हुने भन्दै सबै मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस !