रोल्पाको एक मतदानस्थलमा महिला कर्मचारीले मात्र सम्पन्न गरे मतदान
रोल्पा : रोल्पाको एउटा मतदानस्थलमा महिला कर्मचारीले मात्र मतदान सम्पन्न गरेका छन् । महिला मतदान अधिकृत सहित सहायक मतदान अधिकृत र अन्य कर्मचारी पनि महिला मात्र खटाइएको थियो ।
रोल्पा नगरपालिका–१ बामरुकको तारा माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महिला कर्मचारी मात्रलाई मतदान गर्न खटाएको हो । मतदान अधिकृत रेखा श्रेष्ठले महिला कर्मचारीले मात्र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न सफल भएको बताइन् ।
‘महिला प्रधानमन्त्री भएको बेला हामी महिला कर्मचारीले मात्र पनि मतदान गर्न सक्यौं’, मतदान अधिकृत श्रेष्ठले भनिन्, ‘स्थानीय र दलका प्रतिनिधिले समेत राम्रो सहयोग गरे ।’ ८६ मतदानस्थलमध्ये सदरमुकाम लिबाङ नजिकै रहेको बामरुक मतदानस्थलमा महिला कर्मचारी खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस !