६ जिल्लाको मतपेटिका शुक्रबार बिहान मतगणनास्थलमा पुग्ने
काठमाडौं : आज भएको प्रतिनिधिसभा निर्वाचनमा मतदान सकिएसँगै मतपेटिका संकलनको कार्य सुरु भएको छ। जसमध्ये ६ जिल्लाको मतपेटिका शुक्रबार बिहान मतगणनास्थलमा पुग्ने भएको छ। निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाको मतपत्र शुक्रबार मात्र मतगणनास्थलमा पुग्ने जानकारी गराएको हो।
दुर्गम १५ जिल्लामध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुममा आजै मतपेटिका ढुवानी हुने छ। १५ वटा जिल्लाको विभिन्न स्थानमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी हुने छ।
आज भएको प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको छ। केही क्षेत्रमा मतदान कार्य भइरहेकाले यसको प्रतिशत केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !