काठमाडौंसहित विभिन्न जिल्लामा मतगणना सुरू
काठमाडौं : काठमाडौंलगायत विभिन्न जिल्लामा रातिदेखि नै मतगणना सुरू भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौंको क्षेत्र नं १, ३, ४ र १० को मतगणना सुरू भएको छ भने बाँकी क्षेत्रमा पनि मतगणनाको तयारी भइरहेको छ।
त्यस्तै भक्तपुरको क्षेत्र नं १ मा पनि राति १२ बजेदेखि मतगणना सुरू भएको छ। अन्नपूर्ण संवाददाता संजीप घिमिरेका अनुसार खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा मतगणना सुरू भएको हो।
उता कास्की २ र बाँके २ को मतगणना पनि सुरू भएको हाम्रा संवददाताहरूले जनाएका छन्। निर्वाचन आयोगले मतगणना सुरू भएको २४ घन्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको बताएको थियो
प्रतिक्रिया दिनुहोस !