रुपन्देही २ : रास्वपाका खरेलको फराकिलो अग्रता कायमै
बुटवल : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले लिएको फराकिलो अग्रता कायमै छ । बुटवल–१ र तिलोत्तमा–१ को मतगणना सम्पन्न हुँदा कुल ५ हजार ९४२ मत गणना भएको छ। प्राप्त मतपरिणाम अनुसार रास्वपाका सुलभ खरेलले ४ हजार ७२ मत सहित अग्रस्थानमा छन् ।
उनका प्रतिद्वन्दी नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले ८५४ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ५०४ र नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डेले ४३ मत प्राप्त गरेका छन्। रुपन्देही क्षेत्र नम्बर दुईमा ८६ हजार ७१५ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !