रसुवामा काँग्रेसका मोहन आचार्यको अग्रता
रसुवा : प्रतिनिधि सभा सदस्य निर्वाचन रसुवाको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् ।
कालिका हिमालय क्याम्पस मदतान केन्द्रको १६३७ मत गणना गर्दा आचार्यले ६८९ मत प्राप्त गरे भने रास्वपाका बसन्त भट्टले ५३८, नेकपा एमालेका प्रेम तामाङले २३५ प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका माधव लामिछानेले ३४ मत पाएका छन् । रसुवामा ६१ प्रतिशत मतदाताले मतदान गरेका थिए। रातिसम्म मतपेटिका जम्मा भएपछि बिहानबाट गणना सुरु भएको हो ।
कुल ४१ हजार ४ सय ७१ जना मतदाता रहेको रसुवामा २५ हजार ४ सय ५८ जना ६१ प्रतिशतले मतदान गरेका छन्। जसमा १३हजार ४ सय ७३ जना पुरुष र महिला ११ हजार ९ सय ८५ जना मतदाताले मतदान गरेका छन। यस क्षेत्रमा १२ जना उम्मेदवारहरु मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस !