मोरङका दुई क्षेत्रमा रास्वपा अगाडि
विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङका दुईवटा क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।
मोरङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा मतगणनाको सुरुआती परिणाम सार्वजनिक हुँदा दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि देखिएका हुन्। मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार अज्ञमणि न्यौपानेले सुरुआती अग्रता बनाएका छन्। न्यौपानेले ९६७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामा रहेकी छन्। उनले ६४३ मत प्राप्त गरेकी छन्।
नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो तेस्रो स्थानमा छन् । फागोले हालसम्म ४३७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले २७३ मत पाएका छन् ।
मोरङ क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन् । राजवंशी ३ हजार ८५८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे दोस्रो स्थानमा छन् । उनले हालसम्म ६९५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमनलाल मोदी ६७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
एमालेका जीवन घिमिरे चौथो स्थानमा छन् । उनले ४१३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !