मोरङका तीनवटा क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

मोरङका तीनवटा क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
सुन्नुहोस्

विराटनगर : मोरङको तीनवटा निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । 

मोरङ–१, ४ र ५ नम्बर क्षेत्रमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार रास्वपाले अन्य उम्मेदवारलाई निक्कै पछाडि पारेको हो । क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झा १ हजार २२९ मतसहित अग्रस्थानमा छिन् । जनता समाजवादी पार्टी (नेपाल)का राजकुमार यादव ५६५ मतसहित दोस्रो र  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शिवकुमार मण्डल (केवट) ३४५ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका फुलकुमार लालवानी ३२७, नेकपा (एमाले)का मनोजकुमार अग्रवाल २७६ र राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका योगेन्द्र मण्डलले १०९ मत पाएका छन् । 

त्यस्तै, क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार अज्ञमणि न्यौपानेले मतान्तर फराकिलो पारेका छन् । हालसम्म गणना भएको मतअनुसार न्यौपानेले २ हजार २६९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामाको १ हजार ३०४ मत छ । 

नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो तेस्रो स्थानमा छन् । फागोले हालसम्म ९७५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ५५९ मत पाएका छन् ।

मोरङ क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । राजवंशी ५ हजार ६३६ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेको रूख ९५३, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमनलाल मोदीको ९२० र चौथो स्थानमा रहेका एमालेका जीवन घिमिरेको ५८६ मत छ । 

मोरङको क्षेत्र नम्बर ३ मा भर्खरै मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १ र ६ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ । प्रारम्भिक नतिजाले यसपटकको निर्वाचनमा रास्वपाले परम्परागत ठूला दलहरूलाई चुनौती दिइरहेको देखाउँछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.