भक्तपुर–२ मा रास्वपाको अग्रता कायमै
भक्तपुर : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राखेका छन्।
बिहान ०८:२० बजेसम्म मध्यपुर–१ को मतगणना गर्दाको आंशिक परिणाम अनुसार खत्रीले ३ हजार ६० मत प्राप्त गरेका छन्।
नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले १ हजार ५७३ मत पाउँदै दोस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका कबीर रानाले ४८४ मत प्राप्त गरेका छन्।
यसैगरी मादल चिन्हका उम्मेदवार रमेश वैद्यले १६१ मत, चीम चिन्हका जितराम लामाले ५५ मत, हलो चिन्हका विक्रम थापाले ७३ मत, तारा चिन्हका रामप्रसाद सापकोटाले ६८ मत, माटो चिन्हका जीताराम लामाले ५२ मत र जुत्ता चिन्हका उम्मेदवारले ५ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको र थप परिणाम आउने क्रम जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !