भक्तपुर -१ मा रास्वपाका रुकेश रन्जितको अग्रता कायमै
भक्तपुर : भक्तपुर-१ मा रास्वपाका उम्मेदवार रुकेश रन्जितले अग्रता कायम राखेका छन् । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको १ नम्बर वडाकाे मत गणाना गरिसक्दा ३ हजार ४ सय ५२ मत ल्याएका उनले वडा नम्बर दुईकाे मत गनिरहदा पनि अग्रता कायम राखेका हुन् ।
पछिल्लो अपडेट अनुसार रास्वपाका रन्जितले ३ हजार ८ सय ८४ मत ल्याउँदा नेमकिपाका प्रेम सुवालले २ हजार १ सय ३३ मतसहित पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका किरण न्यौपाने ६ सय ५ मतसहित तेस्रो र नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र ३ सय २ मतसहित चौथो स्थानमा छन् ।
राप्रपाका भरतबहादुर खड्काले २ सय ११ र नेकपाका हरिराम लवजुले १ सय ४३ मत पाँउदा अन्य उम्मेदवार तीन अङ्कमा उक्ल्लिन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस !