काठमाडौं-१ बाट रास्वपाले खाता खोल्यो, रञ्जु दर्शना विजयी
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले विजयीको खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनी भारी मतान्तरले विजयी भएकी हुन् ।
उनले कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री र राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाइ पराजित गरेकी हुन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस !