रुपन्देही -२ मा रास्वपाका खरेलकाे अग्रता
रुपन्देही : बुटवल सर्वाधिक चासोको रुपमा हेरिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शुलभ खरेल प्रतिद्धन्द्धी नेकपा (एमाले) का विष्णु प्रसाद पौडेल ८ हजार ३ सय २६ मतले अगाडी छन्।
खरेलले १० हजार ५ सय १९ र पौडेलले २ हजार १ सय ९३ मत लिएका छन्। खरेल सुुरुवातदेखि नै अग्रतामा छन्। ४ सय २७ मत बदर भएका छन्।
नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले १ हजार २ सय ४ र नेपाली कम्युनिष्ट पार्टीका विश्वदिप पाण्डेले ३ सय ५२ मत लिएका छन्।
प्रतिक्रिया दिनुहोस !