स्याङ्जा-१ मा रास्वपाको अग्रता: पछ्याउँदै कांग्रेस
स्याङ्जा : स्याङ्जा क्षेत्र न. १ को मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी मतगणना अनुसार हरिनास र अर्जुनचौपारी गाउँपालिकाका सबै वडा मा गरी १४ हजार ९८ मत खसेको थियो।
गनिएका मतको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार डा. धनञ्जय रेग्मीले ४ हजार ९४७ पाएका छन्। यसैगरी दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले ४ हजार ३७२ मत पाएका छन्। र, तेस्रो स्थानमा रहेका नेकपा एमालेमा उम्मेदवार मिनप्रसाद गुरुङको ३ हजार ७८७ मत रहेको छ।
क्षेत्र नम्बर १ मा एक स्वतन्त्र उम्मेदवारसहित ११ राजनीतिक दलगरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा एक लाख ३० हजार ८८६ मतदाता मध्ये ७१ हजार ३ सय ५० मत खसेको बताइएको छ।
क्षेत्रमा रहेको जिल्ला कारागार स्याङ्जामा एक अस्थायी मतदान केन्द्र तोकिएको थियो । यस केन्द्रमा कैदीसहित निर्वाचनमा नखटिएका कर्मचारीहरु गरी १६५ जनाले मतदान गरेको जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस !