प्यूठानमा रास्वपाको अग्रता, एमालेका सूर्य थापा पाँचौं स्थानमा
प्यूठान : प्यूठानमा सुरुवाती मत परिणाम प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार सुशान्त वैदिकले ५०५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोबिन्दराज पोख्रेलले ४६६, नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार कृष्णध्वज खड्काले १०८, राष्ट्रिय जनमोर्चाले १३४, एमालेका उम्मेदवार सूर्य थापाले ६९ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीले ३, नेपाल नेशनल रिपब्लिक पार्टीका तारासिंह थापा मगरले ३, नेकपा संयुक्तका नबिनकुमार श्रेष्ठले १ मत प्राप्त गरेका छन् । ऐरावती गाउँपालिका स्थित मोती माबि बरौला क र ख, रत्नेश्वरी प्राबि र दाङवाङ प्राबि केन्द्रको मतगणना भएको हो ।
प्रतिक्रिया दिनुहोस !