झापा–१ मा रास्वपाकी निशा डाँगीको प्रारम्भिक अग्रता
झापा : झापा क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदबार निशा डाँगीले प्रारम्भिक अग्रता लिएकी छिन् । ३ हजार ७७९ मतगणना हुँदा रास्वपाका डाँगीले १,५९१ मत ल्याउँदै अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका केशवराज पाण्डे दोस्रो र एमालेका रामचन्द्र उप्रेती तेस्रो स्थानमा रहेका छन् ।
पाण्डेले ११४० मत ल्याएका छन् भने उप्रेतीले ८१४ मत ल्याएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका केवलराम राई ७७५, राप्रपाका हेमराज कार्कीले ११३ र नेकपाका अषेश घिमिरेले ४० मत ल्याएका छन् । क्षेत्र १ मा १ लाख ३१ हजार ६७ मतदाता रहेकोमा ८३ हजार ७५३ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस !