स्याङजा -१ मा रास्वपाका रेग्मी विजयी
स्याङ्जा : स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. धनन्जय रेग्मी विजयी भएका छन्। रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएका हुन।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८०७ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस !