रोल्पामा मतान्तर बढाउँदै वर्षमान

रोल्पामा मतान्तर बढाउँदै वर्षमान
फाइल तस्बिर
सुन्नुहोस्

रोल्पा : नेकपाका उम्मेदवार पूर्व अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले मतान्तर बढाउँदै लगेका छन्। ४ हजार १ सय २० मतगणना हुँदा पुनले १ हजार १ सय ४ मतले अग्रता लिएका छन्। उनले १ हजार ७ सय ४९ मत ल्याएका छन्। 

कांग्रेसका डा. सुदन वलीले ६ सय ४५ मत ल्याएका छन्। रुन्टीगढी वडा नं. ३ र ७ को मत गणनामा कांग्रेस र एमालेको मत बढेको छ। एमालेका गोकुलप्रसाद घर्तीले ५ सय ७६ मत ल्याएका छन्। नेकपा माओवादीका चुडामणी वलीले ५ सय ६८ मत ल्याएका छन्। थबाङको १ र २ वडाको मतगणनामा वलीको मत दोस्रो थियो।

पछिल्लो गणनामा रास्वपाको मत पनि बढेको छ। बालराम थापाले ३ सय ३५, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीले ४२, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले १८, राप्रपाका अम्मबहादुर थापाले १८ र जनमोर्चा नेपालका मेघनाथ विष्टले २७ मत लिएका छन्। 

आम जनता पार्टीका दिलबहादुर कामीको ९ मत छ। ३ हजार ९ सय ८७ मत सदर हुँदा १ सय ३३ मत बदर भएको छ मुख्य निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.