दाङ–२ मा विपिनको फराकिलो अग्रता, शंकर ५ हजार बढी मतले पछि
दाङ : दाङ निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। उनले ८ हजार २६२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ३ हजार १५९ मत प्राप्त गरेका छन्। यसअनुसार विपिन र शंकर पोखरेलबीच ५ हजार १०३ मतान्तर रहेको छ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका किरण किशोर घिमिरेले २ हजार ४७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ९९७ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनले उल्लेखनीय मतान्तर कायम गर्दै अग्रता लिइरहेका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका १६, १७, १८ र १९ को मतगणना सकिएको छ। र बङ्गलाचुली गाउँपालिकाको एक वडाको मतगणना गरिएको छ।
प्रतिक्रिया दिनुहोस !