सप्तरी–२ मा रास्वपाका यादव अगाडि, सीके राउत ७७६ मतले पछाडि
सप्तरी : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत प्रारम्भिक गणनामा ७७६ मतले पछाडि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रामजी यादवले १,६९८ मत ल्याएर अग्रस्थान बनाउँदा राउत ९२२ मत ल्याएर दोस्रो स्थानमा छन् ।
त्यस्तै पूर्वमन्त्री समेत रहेका जसपा नेपालका उमेशकुमार यादव ७७४ मत ल्याएर तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका रामकुमार यादवले ८० मत ल्याउँदा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले ७९ मत मात्रै ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !