बाजुरामा मतगणना सुरु

बाजुरामा मतगणना सुरु

बाजुरा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा जिल्लामा मतगणना कार्य सुरु भएको छ। शुक्रबार दिउँसो सर्वदलीय सहमति पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको छ। 

निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सदरमुकाम मार्तडीस्थित गणनास्थलमा ल्याइएको थियो। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको संयुक्त टोलीले गणनास्थल तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको छ। अब मतगणना सुरु भएसँगै बाजुरामा निर्वाचन परिणामप्रति चासो बढेको छ भने विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणले मतगणनाको नतिजा नजिकबाट नियालिरहेका छन्।

निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक परिणाम केही समय समयमा माइकिङ गरेर सार्वजनिक गरिने व्यवस्था गरिएको छ। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८७ हजार ८६१ मतदाता रहेको बाजुरामा ४५ हजार ३९० अर्थात ५१.६६ प्रतिशत मत खसेको थियो। जसमा महिला २४ हजार ११८ र पुरुष २१ हजार २७२ छन्। एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनीतिक दल र एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.