स्याङ्जा–१ मा रास्वपाका उम्मेदवार रेग्मीको अग्रता कायमै
स्याङ्जा : मुख्य निर्वाचन अधिकृतको कार्यालयस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै गरेकोे छ ।
स्याङ्जा क्षेत्र न. १ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार डा. धनञ्जय रेग्मीले १६ हजार ८५९ मत पाएका छन् । यसैगरी दोश्रो स्थानका नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले ११ हजार ६८३ र तेस्रो स्थानका नेकपा एमालेमा उम्मेदवार मिनप्रसाद गुरुङको १० हजार २९९ मत छ ।
क्षेत्र नम्बर १ मा एक स्वतन्त्र उम्मेदवारसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । अहिले साँझ ९ बजेसम्म भीरकोट नगरपालिका सहित हरिनास, अर्जुनचौपारी, फेदिखोला र आँधीखोला गाउँपालिकाको गणना सकिएकोे छ । अब विरुवा गाउँपालिकाको मतगणना जारी छ भने पुतलीबजार नगरपालिकाको मत गणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !