कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम प्रसाद पौडेल विजयी
पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल विजयी भएका छन् । एमालेको विरासत भत्काउँदै पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेर उनि विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मी आचार्यले ७ हजार ४ सय ९३ मत पाए । यसैगरी नेपाली कांग्रेसका माधव प्रसाद बास्तोलाले ६ हजार ५ सय मत पाए ।
प्रतिक्रिया दिनुहोस !